Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

क्रिकेट खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– सरकार सधैँ साथमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइँप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।