आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै गर्व लागिरहेको बताएका छन् । शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।
''सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ,'' रोहितले भने । नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।
विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।