Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी टी-२० विश्वकप छनोट: ओमानविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै

 आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ । नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।

ओमानको टिममा भने दुई परिवर्तन गरिएको छ । मुहम्मद नदिम र अहमद पयज बटको स्थानमा मुहम्मद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् ।