Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट: नेपाल र ओमानबीच आज प्रतिस्पर्धा हुँदै

नेपालमा जारी आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत समुह ए को अन्तिम खेल आज हुँदै छ । आज समुह ए अन्तर्गतका घरेलु टोली नेपाल र ओमानका बीचमा आज प्रतिस्पर्धा हुँदैछ ।

उक्त खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ। यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो। ओमानले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।