Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भरुवा बन्दुकसहित एकजना पक्राउ

भूमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । 

विष्णु कुँवरले आफ्नै बुबालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।