Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

 एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ ।  लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सोमबार निधन भएको हो ।

९४ वर्ष उमेर पुगेका श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्ष सम्हालेका थिए । उनले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् । 

उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।