Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एकदिवसीय विश्वकप क्रिकेट: आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा २ बजे भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ ।

आजको खेलमा अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहँदा नेदरल्यान्ड्स दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ । जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दैछन् । अहिलेसम्मका चार खेलमा अष्ट्रेलियाले दुईमा जित र दुईमा हार बेहोरेको छ भने नेदरल्यान्ड्सले तीनमा हार र एकमा जित निकालेको छ । यी दुई टोलीबीच हालसम्म सन् २००३ र २००७ मा एकदिवसीय खेल भएको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ ।

अस्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।