Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहसँग टीका लगाउन गएकाले लगाए ‘राजा आऊ देश बचाउ’ नारा

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन आफन्त तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शाहले निर्मल निवासमा टीका लगाइदिएका हुन्।

पूर्व युवराज पारस शाह समेत उपस्थित टीका समारोहमा राजावादी सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । टीका ग्रहण गर्न पुगेका सर्वसाधारणले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाउ’ जस्ता नारा समेत लगाएका थिए ।

ra.png

दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ । 

भिडियो-