Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।