Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

बलात्कार आरोपमा दुई जना पक्राउ

ओखलढुंगा र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका(३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ ।

 शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका(५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले पक्राउ गरेको छ ।

 ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाइ फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।