राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
राप्रका पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताए।
