Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

दशैँको लागि अग्रिम टिकट बुकिङको पहिलो दिन (फोटो फिचर)

दसैँका लागि अग्रिम टिकट बुकिङ आज (सोमबार) देखि खुला भएको छ ।

Photo (10).jpg

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको जानकारी दिएका छन् । दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो ।

Photo (9).jpg

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो ।

Photo (4).jpg

दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् । अघिल्ला वर्ष समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरेको थियो ।

Photo (7).jpg

Photo (5).jpg