Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

साताको अन्तिम दिन हेर्नुहोस् कतिमा हुँदैछ सुनको मूल्य

साताको अन्तिम दिन सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८ सय र चाँदीको मूल्य १३ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने र १६ असोजदेखि प्रतितोला १३ सय १० रुपैयाँमा स्थिर छ । यो साता सुनको मल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ ।