Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

झिनो अंकले बढ्यो नेप्से

लगातार दुई दिन उच्च अंकले घटेको नेप्से परिसूचक सोमबार झिनो अंकले वृद्धि भएको छ । लगातार दुई दिन ५१ अंकले घटेको बजार सोमबार ५.१९ अंकले बढेको हो । बजार झिनो अंकले सुधार भए पनि कारोबार रकम घटेको छ ।

यस दिन एक अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार एक अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज नेप्से परिसूचक ०.२६ प्रतिशतले बढेर १९७६.२९ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेर कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०९ प्रतिशत र होटेल तथा पर्यतन समूहको परिसूचक ०.९२ प्रतिशत घटेको हो । सयपत्री हाइड्रोपावर र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा एनआईसी एशिया बैंक लिमिटेड छ । यो कम्पनीको २१ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । २८६ धितोपत्रका ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।