Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एकीकृत निजामती ऐन माग गर्दै, स्थानीय तह कर्मचारी सडकमा  (भिडियो)

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन् ।

सोमबार काठमाडौंको माईतीघरमा, निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

Photo (13).jpg

आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको बताए।

Photo (1).jpg

उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा बिभिन्न समस्याबाट गुजरिरनुपरेको छ । वृद्धि विकास सेवा सुविधाका बाटाहरु बन्द गर्ने र नकारात्मक असर परेकाले तत्काल हाम्रा मागहरुलाई संवोधन गरेर सरकारले संघीय निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरोस् भन्ने सरकारलाई दवाव स्वरुप आन्दोलन थालेका हौं ।’

भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षण पत्र बुझाउने गौतमले जानकारी दिए । उनीहरुको असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ । 

भिडियो: