Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बलात्कार आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका(३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

बिकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका(४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगी जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाइ फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।