Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

खोलामा डुबेर बालिकाको मृत्यु

मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

बेलबारी–३ की तीन वर्षीया सानी तामाङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी बेलबारी–२ मा मामा सांगे लामासँग बस्दै आएकी थिइन् ।

 घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।