Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कैलालीमा जुवातास खेलिरहेका नौजना पक्राउ

कैलालीमा पनि जुवातास खेलिरहेका नौजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१, लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

गोदावरी–१० का ६७ वर्षीय वीरबहादुर ऐरसहित नौजनालाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद ५५ हजार ८५ रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको थियो ।