Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जुवातास खेलिरहेका १० जना पक्राउ

 काठमाडौंमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको सामाखुसीमा बस्दै आएका तनहुँको व्यास नगरपालिका–७ का ५३ वर्षीय अम्मर गुरुङसहित १० जना छन् ।

शनिबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको हो । काठमाडौं महानगरपालिका–२६, म्हैपीमा डेरा गरी बस्दै आएकी रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ८० हजार १५० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।