Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मोरङमा बसको ठक्करबाट एकजनाको मृत्यु

मोरङमा बसको ठक्करबाट आइतबार एकजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–५ का ५२ वर्षीय केदार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब पौने ५ बजे सुन्दरहरैँचा–४ मा को१ख ६१६९ नम्बरको बसले साइकलयात्री थापालाई ठक्कर दिएको थियो । उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।

सो बसका चालक र बसलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।