Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

प्रधानमन्त्री प्रचण्ड फर्किए स्वदेश (तस्वीरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । चीन भ्रमणमा रहेका प्रचण्ड छेन्दुबाट एयर चाइनामार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

WhatsApp Image 2023-09-30 at 11.47.36_4813a242.jpg

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे ।

WhatsApp Image 2023-09-30 at 11.47.33_56044c7a.jpg

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्किएको हो । उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

WhatsApp Image 2023-09-30 at 11.47.37_6dc9f6de.jpg

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिबारबाट चीनको औपचारिक भ्रमणमा रहेका छन् । उनले चीनको हाङजाउमा भइरहेको एसियाली खेलको उद्घाटन समारोहमा समेत भाग लिएका थिए । प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेतृत्वसँग छलफल समेत गरेका थिए ।

WhatsApp Image 2023-09-30 at 11.47.32_ea229f6e.jpg

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव रहेका थिए ।

WhatsApp Image 2023-09-30 at 11.47.34_277abf11.jpg

WhatsApp Image 2023-09-30 at 11.47.30_9867a2d8.jpg

WhatsApp Image 2023-09-30 at 11.47.23_5aca6b8b.jpg

WhatsApp Image 2023-09-30 at 11.47.24_ae5ac04d.jpg

WhatsApp Image 2023-09-30 at 11.47.29_667c9d18.jpg

WhatsApp Image 2023-09-30 at 11.47.20_330347b1.jpg

WhatsApp Image 2023-09-30 at 11.47.22_3645f68a.jpgWhatsApp Image 2023-09-30 at 11.47.24_ae5ac04d.jpg