Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

हुम्ला हुदैँ मानसरोवर यात्राका लागि चीनसँग सैद्दान्तिक सहमति भइसकको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।  

Photo-02.jpg

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिएका हुन् ।

Photo-07.jpg

उनले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने दाबी गरे ।  चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा छ  भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटरको दुरीमा छ ।

Photo-03.jpg

सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज अवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर वृद्धि गर्ने काम छिट्टै अघि बढाइने बताए  ।

Photo-05.jpg