Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसारउद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।