Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राहत शिक्षक आन्दोलन: बबरमहल क्षेत्रको सडक अवरुद्ध

आन्दोलनरत राहत शिक्षकले बबरमहल–नयाँबानेश्वर सडकमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन् । बीचको मूल सडक र बायाँतर्फको बाटो आन्दोलनकारीले कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ । राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका थिए । उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सिटी फुकेर र्‍याली निकालेका थिए । यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।