Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

घट्यो सुनको मूल्य , पढ्नुहोस् कतिमा भइरहेको छ कारोबार?

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।