Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।