Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।