Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

नुहाउने क्रममा तालमा डुबेर एसबिआइ बैंकका कर्मचारीको मृत्यु

चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।