Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बतास एमएडब्लूले गर्यो आइसर मेगा सर्भिस क्याम्प

बतास एमएडब्ल भदौ १७ देखि २९ गतेसम्म आइसर मेगा सर्भिस क्याम्प सञ्चालन गरेको छ । नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जना भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिङ गराए । कम्पनीले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पार्टसमा वारेन्टी प्रदान गरेको छ । यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ । बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो।