Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

के तपाईंको बिहानै उठेर ऐना हेर्ने बानी छ? होसियार यसकारण हुन सक्छ अशुभ!

बिहानै उठेर ऐना हेर्ने बानी छ? होसियार यसकारण अशुभ हुन्छ हामी बिहान जुरुक्क उठ्ने वित्तिकै ऐना हेर्ने गर्छौ तर यसरी उठ्ने वित्तिकै ऐना हेर्नु राम्रो हो कि होइन, तपाई हामी धेरैलाई यसबारे जानकारी नहुन सक्छ । विहान उठेसँगै के गर्दा स्वस्थ्यका लागि राम्रो हुन्छ त? बुढा पाकाहरुले जीवनका बारेमा भनेका कतिपय कुराहरु बैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरु बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई वास्ता नै गर्दैनन् । यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन विहानमा उठ्ने वित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ । ऐना नहेर्नुस् विहान उठ्ने वित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । विहान उठ्ने वित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । त्यसकारण उठ्ने वित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् । एजेन्सी