Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का

स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनले थुप्रै नेपाली चलचित्र तथा भिडियोमा अभिनय गरेकी छन्।सन् १९९५ मा जन्मिएकी खड्काले चलचित्र क्षेत्रमा प्रवेश गर्नु पहिले १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी थिइन्। खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त ''होस्टल रिटर्न्स''मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्। जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो। उनले आफ्नो प्रवेशिका परीक्षा (एसएलसी) वीरेन्द्र सैनिक आवासीय महाविद्यालय, भक्तपुरबाट पूरा गरेकी हुन् भने थापाथली क्याम्पसबाट आर्किटेक्चरल इन्जिनियरिङमा तीन बर्षे डिप्लोमा पनि गरेकी छन्।