Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था रहेको छ ।