Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सो सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।