Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शुल्क वृद्धि नगर्न विद्यार्थी संगठनको माग

सत्तारूढ दलमा आबद्ध रूले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्क वृद्धि नगर्न आग्रह गरेका छन् । शुक्रबार पुल्चोकमा पत्रकार सम्मेलन गर्दै सत्तानिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिनेगरी प्रवेश परीक्षा लिइनुपर्ने माग गरेका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले जारी गरेको विज्ञप्तिमा घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुनेगरी प्रवेश परीक्षा नलिने काम नगर्न आग्रह गरिएको छ । “केही सानो रकम घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्रको जानेर वा नजानेर मतियार बन्न पुगेका महानुभावले यसको गाम्भीयतालाई थप महसुस गर्नेमा आशावादी छौँ,” विज्ञप्तिमा लेखिएको छ । तीन लाख १३ हजार रुपैयाँबाट शुल्क वृद्धि गरी सात लाख ७५ हजार ४२० रुपैयाँ पु¥याएपछि विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् ।