Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्य स्थिर, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।