Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।