Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ई-सेवाले सार्वजनिक गर्‍यो पुरस्कार अफर, विजेताले ३५० सीसीको मोटरसाइकल पाउने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने जनाइएको छ । उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ भने दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्। साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिने र साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् कम्पनीले जनाएको छ ।