Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

के हो लिम्बू समुदायमा लोकप्रिय धान नाच (भिडियो)

लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच सङ्कटमा परदै गए पनि ताप्लेजुङका लिम्बू समुदायहरुले धान नाच संरक्षण गर्नका लागि सामुहिक धान नाच कार्यक्रमको आयोजना गर्न थालिएको छ । धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दतासाथ नाचमा सरिक हुन्छन् । यो नाच साइनो सम्बन्ध भन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नु भन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ । तर, धान नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको लिम्बू समुदायको साझा संस्था याक्थुङचुम्लुङका ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ बताउछन् । उनी भन्छन्, “खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन । ‘खलाबाट त धान नाच हराइ नै सक्यो ।” धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम् केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाम्मा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । भिडियो - https://youtu.be/vAiR2_yAmqQ