Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

नेपाली बजारमा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ।