राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गरेमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । रास्वपाले प्रदेस सभा खारेज गर्ने प्रस्ताव महाधिवेशनमा पेश गरेको प्रति टिप्पणी गर्दै सांसद सिंहले त्यसको प्रतिवाद गरेका हुन् ।
उनले भनेका छन्- 'जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु- नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन ,जनताले सुशासन र समृद्धि खोजेका छन। हामी हरेक कदममा जनताको साथ हुनेछौं !'
सांसद सिंह रास्वपाको महाधिवेशनमा भने अनुपस्थित रहेका छन् । उनले महाधिवेशनमा उपस्थित नहुनुको कारण बारे भने स्पष्ट गरेका छैनन् । पछिल्लो समय सिंह सरकार र रास्वपा नेतृत्वसँग असन्तुष्ट रहेको उनका सार्बजनिक अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।