Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

सरकारको पहलपछि बन्द चिया उद्योग पुनः सञ्चालनमा

सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

भारतले चिया निर्यातमा अवरोधका गरेका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिए ।

करिब सयवटा उद्योग बन्द हुँदा बगानमा चियापत्ती हुर्किएर घाँस बन्ने अवस्था भएको थियो ।