Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

नेपाली बजारमा सुनचाँदी सस्तो, आज पनि घट्यो मूल्य

नेपाली बजारमा आजपनि सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५२ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५०  रुपैयाँले घटेर तोलाको ४२३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८५ मा कारोबार भएको थियो ।