काठमाडौंको कीर्तिपुरमा बसोबास गर्दै आएका सुकुम्बासीसीहरूले आफूहरूको व्यवस्थापन गरिदिन सरकारसमक्ष अनुरोध गरेका छन्।
कीर्तिपुरको राधास्वी सत्संगका परिवारले बिहीबार एक सूचना जारी गर्दै आफ्ना विषयहरू उक्त पत्रसमक्ष उल्लेख गरेका हुन्।
‘होल्डिङ सेन्टरबाट स्थायी व्यवस्थापन नहुञ्जेलसम्म सरकारको प्रत्यक्ष सेवा सुविधा पर्यात रूपमा दिइयोस् वा व्यवस्थापनका लागि हामीलाई जाने ठाउँ देखाइयोस्, हामी जान तयार छौं,’ पत्रमा उल्लेख छ।
सरकारी निकायले असार ९ गते ५ दिनभित्र २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर खाली गर्न भनेपछि उनीहरूले आफूहरूलाई व्यवस्थापनका लागि जाने ठाउँ देखाउन भनेको हो।