Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

फिफा विश्वकप: मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित

फिफा विश्वकप २०२६ अन्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।

एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो ।  हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए । 

मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९ औं मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।