Jun 17 2026

Jun 17 2026 | बुधवार, आषाढ ३ गते २०८३

असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् ? भनेर सोधेका थिए । 

जवाफमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने जानकारी दिएकी हुन् ।

‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’

विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।