Jun 17 2026

Jun 17 2026 | बुधवार, आषाढ ३ गते २०८३

नेप्से स्थिर, कारोबार रकम भने घट्यो

बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। मंगलबार २७०५.४५ विन्दुमा बन्द भएको बजार बुधबार २७०५.५३ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोडको भयो । 

१२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १६ को स्थिर रह्यो । 

बैंकिङ ०.१८, होटल तथा पर्यटन ०.६४, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.५५, अन्य ०.०८ तथा व्यापार ०.६० प्रतिशत घटे । त्यस्तै उत्पादन तथा प्रशोधन ०.५१, लगानी ०.५३, हाइड्रोपावर ०.३०, फाइनान्स ०.१४ प्रतिशत घटे । विकास बैंक ०.४६ अंक मात्रै हरियो रह्यो ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ८०८.५० रुपैयाँ तथा एपोलोको ६९२.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको ४.२४ प्रतिशत मूल्य बढ्यो । दोल्ती पावरको ३.३५, कालिन्चोक हाइड्रोपावरको २.६१ प्रतिशत मूल्य घट्यो । 

आज धेरै कारोबार भएकामा कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनी छन् ।