Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

काँग्रेस निकट दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

नेपाली काँग्रेस निकट नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त भएका छन् । 

काँग्रेस सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल दलित संघको अध्यक्षमा चितवनका रामुदामुलाई नियुक्त गरेका हुन् । 

उनलाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेको काँग्रेसले जनाएको छ ।