Jun 15 2026

Jun 15 2026 | सोमवार, आषाढ १ गते २०८३

आगामी वर्षको बजेट आज सातै प्रदेशबाट प्रस्तुत हुँदै

आज मुलुकका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।

जसअनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले अपराह्न ४ बजे तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपराह्न ५ बजे बजेट प्रस्तुत गर्ने छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ । त्यसैअनुसार प्रदेशहरुले आज बजेट ल्याउन लागेका हुन् ।