झापाको मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जङ्गल क्षेत्रबाट अचानक आएको जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।