Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

गुल्मी- १ मा रास्वपाका सागर ढकालले बढाए अग्रता

गुल्मी- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता बढाएका छन् ।

पछिल्लो मत गणना अपडेट अनुसार ढकालले १९७० मत प्राप्त गर्दै अगाडी रहेका छन् । त्यस्तै नेकपा एमलेका प्रदीप ज्ञवालीले ८०७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ७८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपाका उम्मेदवार सुदर्शन बरालले ५७१ मत प्राप्त गरेका छन् ।